पाटन महोत्सव वैशाख १३ गतेसम्म सञ्चालन हुने

बैतडी: बैतडीको पाटनमा जारी कृषि पर्यटन कला संस्कृति रोजगार तथा औद्योगिक व्यापार मेला एवं पाटन बैतडी महोत्सव थप ३ दिन सञ्चालन हुने भएको छ ।

नेपाल च्याम्बर अफ कमर्स बैतडीको आयोजना,पाटन नगरपालिकाको प्रवद्र्धन तथा क्वालिटी स्टील आल्मुनियम एण्ड युपिभीसीको मुख्य प्रायोजनमा सञ्चालित महोत्सव वैशाख १३ गतेसम्म सञ्चालन हुने भएको हो ।

यसअघि वैशाख १० गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव स्थानीय बासिन्दाको मागअनुसार वैशाख १३ गतेसम्म थप गरिएको च्याम्बर अफ कमर्स बैतडीका अध्यक्ष हरिश प्रशाद जोशीले जानकारी दिनुभयो ।

श्रीकृष्ण मावि पाटनको मैदानमा सञ्चालित महोत्सवमा पछिल्लो दिनहरुमा दर्शकहरुको उपस्थिति पनि बढ्न थालेको छ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने गरेको छ । यसका स्थानीय कृषि उत्पादनको प्रदर्शनी र व्यापारमा जोड दिइएको छ ।

महोत्सवले पर्यटन प्रबद्र्धन, व्यापार र कला, संस्कृती संरक्षणमा टेवा पुर्याउने आयोजकको दाबी छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!