केएल राहुलकाे कीर्तिमानी ब्याटिङमा दिल्लीले लखनउलाई हरायाे

काठमाडौं: केएल राहुलकाे कीर्तिमानी ब्याटिङमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनऊ सुपर जायन्ट्समाथि सानदार जित हात पारेको छ।

मंगलबार सम्पन्न खेलमा दिल्ली आठ विकेटले विजयी भएको हो। जितसँगै दोस्रो स्थानको दिल्लीले आठ खेलबाट १२ अंक पुर्‍याएको छ। समान खेल खेलेको गुजरात टाइटन्स १२ अंकसहित शीर्ष स्थानमा छ।

पराजित लखनऊको भने नौ खेलबाट १० अंक छ।  
दिल्लीकाे जितमा केएल राहुल र अभिषेक पाेरेलले अर्धशतकीय पारी खेले।
राहुल ५६ रनमा अविजित रहे भने पाेरेलले ५३ रन हिर्काए।
यसैबीच केएलले डेभिड वार्नर र विराट काेहलीकाे रेकर्ड ताेडेका छन्।
आइपिएल इतिहासमा सबैभन्दा छिटाे ५ हजार रन बनाउने रेकर्ड आफ्नाे नाममा लेखाएका छन्।
उनले १३० खेलमा ५ हजार रन हिर्काए।
यसअघि वार्नरले १३५ र काेहलीले १५७ खेलमा ५ हजार रन बनाएका थिए।

लखनउले दिएको १६० रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । केएल राहुलले अविजित ५७ रन तथा अभिषेक पोरेलले ५१ रन बनाए । कप्तान अक्षर पटेल ३४ रनमा अविजित रहे । लखनउका लागि दुवै विकेट एइडेन मार्क्रमले लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो । एइडेन मार्क्रमले ५२ तथा मिचेल मार्शले ४५ रन बनाए । आयुष बदोनीले ३६ रन बनाए ।

सुरुवाती १० ओभरमा १ विकेट गुमाएर ८७ रन बनाएपनि फिनिसिङ फितलो हुँदा लखनउले च्यालेन्जिङ योगफल खडा गर्न सकेन ।

दिल्लीका मुकेश कुमारले ४ ओभरमा ३३ रन दिएर ४ विकेट लिए । मिचेल स्टार्क र दुस्मान्था चमीराले १-१ विकेट लिए ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!