काठमाडौं: वैशाख ११ गतेदेखि तय भएको कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ।
परीक्षा सार्न राष्ट्रिय परीक्षा बोर्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएसंगै तत्कालका लागि स्थगित भएको हाे। ।
अर्को सूचना जारी नभएसम्मका लागि १२ कक्षाको परीक्षा स्थगित भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाउनुभयो ।
शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा थियो । परीक्षा हुने नहुने अन्योलले कक्षा १२ का साढे ५ लाख विद्यार्थी चिन्तामा थिए ।
शिक्षा ऐन जारी नभएसम्म शैक्षिक हडताल जारी राख्ने आन्दोलनरत शिक्षकहरुको अडान लिँदै परीक्षा गराउन सामेल नहुने जनाएका थिए ।
देशभरका शिक्षकहरू ३ हप्तादेखि काठमाडौंमा सडक आन्दोलनमा रहेका छन्।
