विदेशबाट पूर्व माओवादीकाे एरिया इन्चार्जलाई पत्र: आज म पीडामा छु!

तनाव, डर र बाध्यताले गर्दा म माओवादीमा भर्ती भए।

विषय: केही कुरा मनबाट पोख्दैछु-पुरानो सम्झना र वर्तमान पीडा

आदरणीय एरिया इन्चार्ज कमरेड टिकाराम भट्ट ज्योतिज्यू,

क्रान्तिकारी अभिवादन!

म आज तपाईंलाई मेरो जीवनको केही पीडादायी पाटा सम्झाएर भन्न चाहन्छु, जुन कहिल्यै मेटिनेछैन। म जम्मा १४ वर्षको थिएँ, मेरो दाजु नेपाल प्रहरीमा हुनुहुन्थ्यो। त्यो समयमा तपाईंहरूको नेतृत्वमा रहेका माओवादीहरूले हाम्रो घरमा आएर बारम्बार तनाव दिनुहुन्थ्यो। “हिन या तेरो दिदीबहिनीलाई माओवादी लैजाने हो भनेर धम्की दिने गर्नुहुन्थ्यो त्यो बेला तपाईं नै यहाँका एरिया इन्चार्ज हुनुहुन्थ्यो।

त्यसै तनाव, डर र बाध्यताले गर्दा म माओवादीमा भर्ती भएँ। न खान पाइन्थ्यो, न राम्रो लुगा, न राम्रो सुत्ने ठाउँ। जुम्रा र धुलोमा दिन बित्थ्यो। हामी जस्ता गरिब बालबालिकालाई शिक्षाबाट टाढा राखेर “यो बुर्जुवा शिक्षा हो” भनेर पढ्न पनि दिइएन।

तर आज, ती नेताहरू, ती कमरेडहरू जो हामीलाई सपनाको कुरा सुनाउँथे, उनीहरू कोही व्यापारमा छन्, कोही विदेश गएर आफ्नो जीवन सेट गरिरहेका छन्। तर हामीजस्ता सिपाहीहरू आज पनि ५० डिग्री तापक्रममा खाडीमा बेल्चा हानिरहेका छौं। मेरो मनमा एउटा प्रश्न उठ्छ—”त्यो माओवादी क्रान्तिले हामी जस्ता गरीब, अशिक्षित, पीडितहरूका लागि के गर्‍यो?”

आज म पीडामा छु, परदेशी माटोमा पसिना बगाउँदैछु। तपाईंहरू नेताहरूलाई सम्झिँदा मन खिन्न हुन्छ। मैले केही न मागेको भए पनि, सत्य बोलेको छु। कृपया यो मेरो पीडा, मेरो सत्य स्वीकार गर्नुस्।

क्रान्तिकारी सम्मान सहित,
[नारायण नाथ]
फुल्न नसकेको गुराँस
दोगडाकेदार गाउँपालिका,बैतडी
हाल: युएई

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!