सुपर ओभरमा राजस्थानलाई दिल्लीले हरायाे

काठमाडौं: राजस्थान रोयल्सविरुद्ध सुपर ओभरमा जित निकाल्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार अरुण जेट्ली रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा आएको दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८८ रनको योगफल खडा गरेको थियो । 

१८९ रनको लक्ष्यसहित मैदान उत्रिएको राजस्थानले २० ओभरमा चार विकेट गुमाएर १८८ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । 

सुपर ओभरमा राजस्थानले पहिले ब्याटिङ गर्दै ११ रन बनाएको थियो । जसलाई दिल्लीले चार बलमा पुरा गरेको थियो ।  

प्रतियोगितामा दिल्लीको यो पाँचौँ जित हो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ६ खेलबाट १० अंक जोडेको छ ।
तालिकाको आठौँ स्थानमा रहेको राजस्थानको भने यो पाँचौँ हार हो ।
सात खेल खेल्दा राजस्थानले चार अंकमात्र जोडेको छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!