पञ्जाबकाे ऐतिहासिक जित,काेलकाता स्तब्ध

काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्सले ऐेतिहासिक जित निकालेकाे छ।

मुल्लांपुरस्थित महाराजा यादवेन्द्र सिंह स्टेडियममा भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ९५ रनमै समेट्दै पञ्जाब १६ रनले विजयी बन्यो।

टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १११ रन बनाएको थियो। पञ्जाबका लागि प्रभसिमरन सिंहले ३० रन र प्रियांश आर्याले २२ रनको योगदान दिए।

कोलकत्तातर्फ हर्षित राणाले ३ विकेट लिए भने वरुण चक्रवर्ती र सुनील नारिनले समान २–२ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा कोलकत्ताको सुरुवातदेखि नै समस्यामा परेको ब्याटिङले कुनै पनि चरणमा लय समात्न सकेन।

पञ्जाबका युजवेन्द्र चहलले ४ विकेट लिँदै निर्णायक प्रभाव पारे। मार्को यान्सनले ३ विकेट लिए भने बलकिस एहमदले २ विकेट हात पारे।

पञ्जाबले १११ रन जोगाउँदै आईपीएल इतिहासमै सबैभन्दा कम स्कोर डिफेन्ड गर्ने कीर्तिमानसमेत बनाएको छ।

यसअघि सन् २००९ मा चेन्नई सुपर किंग्सले पञ्जाबविरुद्ध ११६ रन जोगाएको थियो।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!