काठमाडौं: ओपनर अभिषेक शर्माको कीर्तिमानी इनिङ्ससँगै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल)मा जितको खडेरी तोडेको छ।
शनिबार सम्पन्न खेलमा हैदराबादले पञ्जाब किङ्सलाई आठ विकेटले हराएको हो। यो नजितासँगै लगातार चार हार हैदराबादले ६ खेलबाट चार अंक पुर्याएको छ।
हैदराबाद सातौं स्थानमा उक्लिएको छ। पञ्जाबको भने यो दोस्रो हार हो। एक खेल कम खेलेको पञ्जाबको ६ अंक छ।
हैदराबादलाई जित दिलाउन अभिषेकले सर्वाधिक १४१ रन बनाए। ५५ बल खेलेका उनले १४ चौका र १० छक्का प्रहार गरे। आइपिएलमा कुनै पनि भारतीय ब्याटरले बनाएको यो नै उच्चतम स्कोर हो।
यस खेलअघि विकेटकिपर ब्याटर केएल राहुलले सेप्टेम्बर २०२० मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पञ्जाबबाट खेल्दा रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध अविजित १३२ रन बनाएका थिए।
यसका साथै एकै इनिङमा १४ चाैका हानेर सर्वाधिक चाैका हान्ने रेकर्ड पनि बनाए।
उनले ४० बलमा शतक हिर्काउदै दाेस्राे छिटाे शतक हिर्काउने खेलाडी पनि बने।
अभिषेक र हेडबीच भएकाे १७१ रनकाे साझेदारी हैदरावादका लागि दाेस्राे ठुलाे साझेदारी बन्याे।
यस सिजनकाे भने उच्च साझेदारी हाे।
यसका साथै हैदराबाद दाेस्राे उच्च स्काेर पूरा गर्ने टिम पनि बन्याे ।
गत संस्करणमा पञ्जाबले काेलकाताविरूद्ध २६२ रन चेज गरेकाे थियाे।
त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पन्जाबले पहिले ब्याटिङ गर्यो। २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४५ रनको ठूलो योगफल खडा गर्यो।
कप्तान श्रेयस अयरले सानदार ब्याटिङ गरे। ३६ बल खेल्दै ६ चौका र ६ छक्का सहित सर्वाधिक ८२ रन बनाए।
प्राभिसिमरन सिंहले ४२ रन जोडे। प्रियान्स आर्याले ३६ रन र नेहाल वादेराले २७ रन बनाए। यस्तै मार्कस स्टोनिस अविजित ३४ रनमा रहे। उनले मात्र ११ बल खेल्दै ४ छक्का र १ चौका प्रहार गरे।
बलिङमा हर्ष पटेलले ४ ओभर बलिङ गर्दै ४२ रन खर्चेर ४ विजेट लिए। इशान मालिङ्गाले २ विकेट झारे।

