बैतडीको पाटनमा वैशाख २ गतेदेखि महोत्सव हुने

बैतडी: बैतडीको पाटनमा आगामी वैशाख २ गतेदेखि सुदूरपश्चिम प्रदेशस्तरीय महोत्सव लाग्ने भएको छ ।

नेपाल च्याम्बर अफ कमर्स बैतडीको आयोजना र क्वालिटी आल्मुनियम स्टिलको मुख्य प्रायोजनमा महोत्सव सञ्चालन हुन लागेको हो ।

प्रदेशस्तरीय कृषि पर्यटन कला संस्कृति रोजगार तथा औद्योगिक व्यापार मेला एवं पाटन बैतडी महोत्सव वैशाख १० गते सम्पन्न हुने च्याम्बर अफ कमर्स बैतडीका अध्यक्ष हरिस प्रशाद जोशीले जानकारी दिनुभयो ।

महोत्सवमा स्थानीय कृषि उत्पादनलाई जोड दिने र स्थानीय कलाकारहरुलाई प्रोत्साहन गरिने च्याम्बरका अध्यक्ष जोशीले बताउनुभयो ।

श्रीकृष्ण मावि पाटनको मैदानमा सञ्चालन हुने महोत्सवमा राष्ट्रिय देखि स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने र यसले पर्यटन प्रबद्र्धन र संस्कृती क्षेत्रमा टेवा पुर्याउने आयोजकको दाबी छ ।

स्थानीय व्यापारमा वृद्धि गर्ने उद्देश्य रहेको बताउदै जोशीले आफ्नो उत्पादनको प्रदर्शनी तथा विक्रीवतरण गर्न सक्ने जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!