बैतडी: बैतडीमा तीनदिन अगाडीदेखि बेपत्ता रहेका एक वृद्ध बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका १० चौडका ७८ वर्षीय धर्मानन्द भट्ट रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
भट्ट स्थानीय लच्छा खोलामा बिहीबार साढे १० बजे मृत अवस्थामा फेला परेका प्रवक्ता पाण्डेयले बताउनुभयो ।
चैत २६ गतेदेखि बेपत्ता रहेका बृद्ध खोजतलास गर्दै जादा खोलामा मृत भेट्टिएका हुन् ।
भट्टको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
मृतक भट्टको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
