काठमाडौं:टी–२० विश्वकपको तयारीमा रहेको नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग पराजित भएको छ। नेपाल क्यानडासंग ६३ रनले हारेको हाे ।
जितका लागि पाएकाे १ सय ८४ रनको लक्ष्य पछ्याएकाे नेपालले १९.३ ओभरमा १ सय २० रनमा अलआउट भयाे।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए ।
त्यस्तै, अनिल साहले २४, आसिफ शेखले २२ कुशल भुर्तेलले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
क्यानडाका लागि डिलन हेलिगरले घातक बलिङ गर्दै ४ विकेट लिए ।
यसअघि डालासको ग्रान्ड प्रेरी रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो ।
उसका निकोलस किर्तनले अर्धशतकीय इनिङ्स खेल्दै ५२ रन हिर्काए।
यस्तै रवीन्द्रपाल सिंहले ४१ ओपनर नवनित धालिवालले ३२ रनको योगदान दिए ।
नेपालका लागि अविनाश बोहराले २, करन केसी, सोमपाल कामी, गुल्सन झा र सागर ढकालले १–१ विकेट लिए ।
