बन्दुकसहित एकजना पक्राउ,शंकास्पद कार्यमा संलग्न रहेको आशंका

बैतडी: भरुवा बन्दुकसहित बैतडी प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका २ दाडीमगडाका ५५ वर्षीय राज बहादुर बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई एक थान भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा स्थानीय दल्ला भन्ने ठाउँबाट पक्राउ गरेको हो ।

रातिको समयमा बन्दुकसहित हिँडिरहेको अवस्थामा देखेपछि शंकास्पद गतिविधि संलग्न हुनसक्ने भन्दै बोहरालाई पक्राउ गरिएको प्रवक्ता पाण्डेयले बताउनुभयो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!