आइपिएल क्रिकेट: काेलकाता र हैदरावादबीच उपाधि भिडन्त,हैदरावाद ब्याटिङमा

काठमाडौं: भारतमा जारी १७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) काे उपाधिका लागि कोलकाता नाइट राईडर्स र सनराईजर्स हैदरावाद भिड्दैछन् । 
चेन्नईमा रहेको एम ए चिदम्बरम स्टेडियममा हैदरावादले टस जितेर पहिला ब्याटिङ गर्दैछ।

कोलकाताले पहिलो क्वालिफायरमा हैदरावदालाई पराजित गर्दै उपाधि नजिक पुगेको हो। यस्तै कोलकातसँग पराजित हैदरावादले दोस्रो क्वालिफायर राजस्थान रोयल्र्सलाई पराजित गर्दै पुन: कोलकातासँगको भेट पक्का गरेको हो। 

फाइनल भिडन्त राेचक हुने अनुमान गरिएको छ।

आइपिएलकाे १७ औँ संस्करणसम्म आइपुग्दा कोलकाता तेस्रो उपाधि उचाल्ने योजनामा रहेको छ। सन् २०१६ मा पहिलाे उपाधि उचालेकाे सनराइजर्स हैदरावाद याे पटक पुनः च्याम्पियन बन्ने लक्ष्यमा छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!