काठमाडौंको वायु प्रदूषण अस्वस्थकर,सावधानी अपनाउन आग्रह

काठमाडौं: पछिल्ला दिन काठमाडौंमा वायु प्रदूषण उच्च भएको छ । वातावरण विभागका अनुसार काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा पुगेको छ ।

काठमाडौं सोमबार र मंगलबार लगातार संसारकै प्रदूषित सहर बनेको थियो ।

sadak

प्रदुषणका कारण बिरामी पनि बढेका छन्।

पछिल्लो एक सातादेखि काठमाडौंलगायत देशका मुख्य सहरहरुमा हावा प्रदूषण बढेको छ ।
यसको मुख्य कारण उद्योग, कलकारखाना र सवारी साधनबाट निस्कने धुवाँ, डढेलो, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यहरुबाट उड्ने धुलो आदि भएको वातावरण विभागले जनाएको छ ।

प्रदूषण बढेपछि विभागले सूचना जारी गर्दै विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरु, मुटुका बिरामी, गर्भवतीहरुलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

यसका साथै प्रदूषण नियन्त्रणका लागि ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरु नजलाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरुमा स्वच्छ ऊर्जाको प्रयागे गर्न र सडक तथा निर्माण कार्यहरुबाट हुने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न विभागले अपिल गरेको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!