बैतडी: धनगढीमा सम्पन्न कैलाली यू-१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप २०८१ काे उपाधि लिटिल फ्लावर स्कुलले जितेकाे छ। फाइनल खेलमा र ऐश्वर्या विद्या निकेतन(एभीएन)लाई ७६ रनले पराजित गर्दै लिटिल फ्लावरले उपाधि हात पार्याे।
उपाधिसंगै लिटिल फ्लावरले ५० हजार पुरस्कार पायाे। ऐश्वर्याले २५ हजारमा चित्त बुझायाे।
जितका लागि पाएकाे १३५ रनकाे लक्ष्य पछ्याएको ऐश्वर्या १८.४ ओभरमा ५८ रनमा अलआउट भयाे। उसका कुनै पनि ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
लिटिल फ्लावरका सचिन भट्ट,दिनेश महरा र विक्की सिंहले २/२ विकेट लिए।
यसअघि फाप्ला मैदानमा पहिला ब्याटिङ गरेकाे लिटिल फ्लावरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनायाे।
जसमा सचिन भट्टले अविजित ५८ रन बनाए। उनी म्यान अफ द फाइनल पनि भएका स्काेरर नुरेन अन्सारीले जानकारी दिनुभयाे। ऐश्वर्याका अविरल विकले ३ विकेट हात पारे।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा वैशाख ३० गतेदेखि प्रतियोगिता सुरू भएकाे थियाे।
प्रतियोगिताले खेलाडी उत्पादनमा सहयाेग मिल्ने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो।

