यू१९ राष्ट्रिय क्रिकेट: नरेनकाे कप्तानीमा बैतडीको टाेली घाेषणा

बैतडी:वाई वाई यूफ१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम छनाैटका लागि बैतडीको टाेली घाेषणा गरिएको छ। नरेन भट्टकाे कप्तानीमा १४ सदस्यीय टाेली घाेषणा गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले जानकारी दिनुभयो ।

टाेलीका अन्य सदस्यहरूमा सुनिल चन्द,सुदीप कार्की, आयुष चन्द,कल्पेश चन्द,सचिन भट्ट,हरिश कार्की,सुमित बुडाल,आकाश चन्द,दीपेश बाेहरा,राजेन्द्र बाेहरा,किशाेर पन्त,जयबहादुर नाथ र दिनेश महरा रहेका छन्।

यस्तै भुपेश बाेहरा,निखिल चन्द,अमर चन्द र प्रयास रावल वैकल्पिक खेलाडीका रूपमा छनाैट भएका छन्।
वाई वाई यू १९ सुदूरपश्चिम छनाैट केही दिनमै डडेल्धुरामा हुदैछ ।
प्रदेशस्तरीय छनाैटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टाेली घाेषणा गर्नेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!