लखनाउमाथि दिल्लीकाे १ विकेटको राेमाञ्चक जित,चम्किए आशुताेस

काठमाडौं: सानदार पुनरागनसहित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुआत गरेको छ।
सोमबार सम्पन्न खेलमा दिल्लीले लखनाउ सुपर जायन्ट्सलाई एक विकेटले पराजित गरेको हो।

जितका लागि पाएकाे २१० रनकाे लक्ष्य दिल्लीले १९.३ ओभरमा ९ विकेटको क्षतिमा भेट्टायाे।
दिल्लीकाे जितमा इम्प्याक्ट खेलाडी आशुताेस शर्माले आक्रमक पारी खेल्दै ३१ बलमा ६६ रनकाे अविजित पारी खेले।

यसअघि राजशेखर रेड्डी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २०९ रन बनायाे। 

लखनउका पुनरले सर्वाधिक ७५ रन बनाए। ३० बल खेलेका उनले ६ चौका र सात छक्का प्रहार गरे। मार्शले ३६ बलमा ६ चौका र ६ छक्कासहित ७२ रन बनाए। 

यी दुईबीच दोस्रो विकेटका लागि ४२ बलमा ८७ रनको विशाल साझेदारी भएको थियो। मार्श ११.४ ओभरमा मुकेश कुमारको बलमा ट्रिस्टन स्टुब्सबाट क्याच आउट भए।

एडेन मारक्रम १५ रनमा आउट हुँदा डेभिड मिलर २७ रनमा अविजित रहे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

दिल्लीका मिचेल स्टार्कले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए। कुलदीप यादवले दुई  तथा विपरान निगम र मुकेशको नाममा समान एक विकेट रह्यो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!