बैतडी:लिटिल फ्लावर स्कुल र ऐश्वर्या विद्या निकेतन(एभीएन)
धनगढीमा जारी कैलाली यू-१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप २०८१ काे फाइनल प्रवेश गरेका छन्।
आज सम्पन्न पहिलो सेमिफाइनलमा मणिलेक ईन्टरनेशनल स्कुललाई १०५ रनले पराजित गर्दै लिटिल फ्लावर फाइनलमा पुग्याे।
जितका लागि पाएकाे १८२ रनकाे लक्ष्य पछ्याएकाे मणिलेक १४.१ ओभरका ७६ रनमा समेटियो । जसमा अमन धामीले २४ रन बनाउनबाहेक अन्यले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् । लिटिल फ्लावरका लागि सुबाेध तिवारीले ६ विकेट लिए । उनी खेलका म्यान अफ द म्याच समेत चुनिए ।
त्यसअघि पहिला ब्याटिङ गरेकाे लिटिल फ्लावरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८१ रन बनायाे। जसमा आरेस बाेहराले ९७ र सचिन भट्टले अविजित ४३ रन बनाए। मणिलेकका मनाेज विष्ट र निश्चल क्षेत्रीले ३/३ विकेट झारे।
यस्तै दाेस्राे सेमिफाइनलमा स्टेपिङ स्टाेन इङलिस स्कुल बाेर्डिङ स्कुललाई ४ विकेटले स्तब्ध पार्दै ऐश्वर्या विद्या निकेतन(एभीएन) पनि फाइनलमा पुगेको छ।
स्टेपिङले दिएकाे ९८ रनको लक्ष्य ऐश्वर्याले १६.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे।
यसअघि पहिला ब्याटिङ गरेको स्टेपिङ १९.३ ओभरमा ९७ रनमा अलआउट भयाे। ऐश्वर्याका लागि ४ विकेट लिएका आयुस सिंह म्यान अफ द म्याच चुनिएका स्काेरर नुरेन अन्सारीले जानकारी दिनुभयाे।
फाइनल भिडन्त भाेलि शुक्रबार दिउँसो ३ बजे फाप्ला मैदानमा हुनेछ।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा वैशाख ३० गतेदेखि प्रतियोगिता सुरू भएकाे थियाे।
प्रतियोगिताले खेलाडी उत्पादनमा सहयाेग मिल्ने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो।
