राजस्थान क्वालिफायरमा प्रवेश,बेंगलुरु बाहिरियो

काठमाडौं:राजस्थान रोयल्स आइपीएलकाे क्वालिफायरमा प्रवेश गरेकाे छ। रोयल च्यालेन्जर्स बेंगलुरुलाई चार विकेटले पराजित गर्दै राजस्थान दोस्रो क्वालिफायरमा प्रवेश गरेको हाे।

जितका लागि पाएकाे १७३ रनकाे लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्याे । त्यसमा यशस्वी जयसवालले सर्वाधिक ४५ रन बनाए ।
यसअघि बेंगलुरुले पहिले ब्याटिङ गर्दै आठ विकेटको क्षतिमा १ सय ७२ रन बनायो ।

हारले बेंगलुरुका विराट कोहलीको आईपीएल उपाधि चुम्ने सपना अधुरै रह्यो ।
अब राजस्थानले सनराइजर्स हैदराबादको सामना गर्नेछ ।
दोस्रो क्वालिफायर शुक्रबार हुनेछ र यसको विजेताले फाइनलमा कोलकाता नाइटराइडर्सको सामना गर्नेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!