बैतडी: अन्तरपालिका भलिबलको उपाधि दशरथचन्द र शिवनाथलाई

पायाे ७७ हजार ७७७ रुपैयाँ पुरूस्कार

बैतडी:बैतडीको देहिमाडाैंमा सम्पन्न बृहत अन्तरपालिका भलिबल प्रतियोगिताकाे उपाधि दशरथचन्द नगरपालिका र शिवनाथ गाउँपालिकाले जितेकाे छ।
पुरूषतर्फ दशरथचन्द र महिलातर्फकाे उपाधि शिवनाथले हात पारेकाे हाे।

मंगलबार सम्पन्न फाइनल भिडन्तमा मेलाैली नगरपालिकालाई ३-१ काे सेटमा पराजित गर्दै दशरथचन्दले उपाधि रक्षा गर्याे।

यस्तै महिलातर्फ शिवनाथले पनि मेलाैली नगरपालिकालाई ३-१ काे सेटमा हराउँदै च्याम्पियन बन्याे।
च्याम्पियन बनेका दशरथचन्द र शिवनाथले समान ७७ हजार ७७७ रुपैयाँ पुरूस्कार पाए।
 उपविजेता मेलाैलीले ५५ हजार ५५५ रूपैयाँ पुरूस्कारमा चित्त बुझायाे।

यस्तै पुरूषतर्फ सिगास तेस्राे र सुर्नया गाउँपालिकाले सान्त्वना स्थान पायाे।
महिलातर्फ दशरथचन्द “ए” को टिम तृतीय र पुर्चौडीको टीम सान्त्वना भएको भलिबल प्रशिक्षक हरी भण्डारीले बताउनुभयो।
तेस्रो हुनेले ४४ हजार ४४४ र सान्त्वना हुनेले ३३ हजार ३३३ पुरूस्कार पायाे ।
विजेता,उपविजेतालगायतका टाेलीलाई नेकपा एमालेका केन्द्रीय सदस्य लिलाधर भट्ट,प्रदेश सभा सदस्य जानकी ऐर बमलगायतले पुरूस्कार वितरण गर्नुभयाे।

नेपाल खेलकुद महासंघको आयोजनामा सुरू भएको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका सबै स्थानीय तहहरूका टोलीको सहभागी रहेको थियो।

प्रतियोगीताले भलिबल खेलको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको
नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!