उपाधि हाेडबाट बाहिरिएको नेपालले हङकङसँग खेल्दै

 काठमाडौं:नेपालले आज चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्धखेल्दै छ ।

नेपाली समय अनुसार यो खेल अपराहन्न १२: ४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ५ खेलमा एक जित र ४ हार बेहोरेको छ र फाइनलको दौडबाट बाहिरिएको छ ।

नेपालले यस अघि नामिबियासँग दुवै पटक  तथा हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो ।

त्यस्तै आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो । 

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।
यसैबीच उपाधि जित्ने लक्ष्यसहित युगान्डा पुगेको नेपाली टोली चौथो हारसँगै विमन्स डे कप टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा नै पुग्न असफल भएको छ।

इन्टेब्बेमा बिहीबार भएको आफ्नो चौथो खेलमा नेपाल घरेलु टोली युगान्डासँग ४० रनले पराजित हुन पुग्यो। यससँगै चौथो हार सामना गरेपछि फाइनलमा पुग्ने नेपालको झीनो लक्ष्य पनि समाप्त भएको हो। पाँच खेलबाट दुई अंक जोडेको नेपाल पुछारमा छ।

नामिबिया, युगान्डा र हङकङ सम्मिलित विमन्स डे कपमा नेपालले एक मात्र जित युगान्डासँग प्राप्त गरेको थियो। युगान्डासँगको पहिलो भेटमा नेपालले एक विकेटको जित निकालेको थियो। तर, दोस्रो भेटमा खराब ब्याटिङ गरेपछि नेपाल घरेलु टोलीसँग नतिजा सुम्पिन बाध्य भएको हो।
नेपालले यसअघि नामिबियासँग पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा २३ रन तथा हङकङसँग दुई रनले नतिजा सुम्पिएको थियो।

अब नेपालले युगान्डा यात्रामा अन्तिम खेल हङकङसँग शुक्रबार खेल्नेछ। यो खेलमा जित निकाल्दै नेपाल सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ। तर, कमजोर ब्याटिङ गरिरहेको नेपालका लागि सहज भने छैन। बिहीबार नेपालले घरेलु टोलीविरुद्ध राम्रो बलिङ गरेका थियो। तर, ब्याटिङमा साथ पाउन सकेन र हार सामना गर्न बाध्य भयो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!