बैतडी:धनगढीमा जारी कैलाली यू-१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप २०८१ मा सेमिफाइनल पुग्ने चारै टाेलीकाे टुंगो लागेकाे छ।
आज लिटिल फ्लावर स्कुल र स्टेपिङ स्टाेन इङलिस स्कुल बाेर्डिङ स्कुल सेमिफाइनल पुगेसंगै अन्तिम चारमा पुग्ने सबै टाेलीकाे टुंगो लागेकाे हाे।
ऐश्वर्या विद्या निकेतन(एभीएन) र मणिलेक ईन्टरनेशनल स्कुल यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्।
पहिलो सेमिफाइनलमा मणिलेक ईन्टरनेशनल स्कुल र लिटिल फ्लावर स्कुल तथा दाेस्राेमा ऐश्वर्या विद्या निकेतन(एभीएन) र स्टेपिङ स्टाेन इङलिस स्कुल बाेर्डिङ स्कुल भिड्नेछन् ।
सेमिफाइनलका खेलहरू बिहीबार हुने स्काेरर नुरेन अन्सारीले जानकारी दिनुभयाे।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा वैशाख ३० गतेदेखि शुरू भएकाे प्रतियोगिता जेष्ठ १२ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताले खेलाडी उत्पादनमा सहयाेग मिल्ने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो।
