सुदूरपश्चिमकाे टिमले शेरकाे कप्तानीमा पीएम कप खेल्ने

बैतडी: प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली सार्वजनिक गरिएको छ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार शेर मल्लको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हाे ।

कप्तानमा शेरसंगै टेक रावत, खडक बोहरा, प्रकास पाण्डेय, हेमन्त धामी, विकास आग्री, किरन ठगुन्ना, सुनिल चन्द, भोजराज भट्ट, राहुल भण्डारी, अर्जुन विक, मिलन बाेहरा, सौर्य श्रेष्ठ, निश्चल क्षेत्री र सचिन भट्ट टिममा अटाएका छन्।

यस्तै वैकल्पिक खेलाडीमा हिक्मत महरा,गजेन्द्र भण्डारी,राेशन साउँद र सुमित बुडाल रहेका छन् ।

टिम मुख्य प्रशिक्षकमा दिपेन्द्र बहादुर चन्द तथा टिम व्यवस्थापकमा सन्तोष भट्ट रहेका छन् ।

प्रतियोगिता आइतबारदेखि लुम्बिनी प्रदेशका ३ क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगिताका खेलहरु रुपन्देहीका २ तथा दाङमा रहेको १ क्रिकेट मैदानमा हुदैछ ।

सुदूरपश्चिम प्रदेशको पहिलो खेल उद्घाटनको दिन आइतबार कर्णाली प्रदेशसँग दाङको देउखुरी रंगशालामा हुनेछ ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहित १० टिमको सहभागीता रहनेछ।

सिङ्गल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल खेल हुने नेपाल क्रिकेट संघले जनाएको छ ।

Oplus_131072

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!