गाेलीकाण्ड भएकाे कालागाउँबाट बन्दुकसहित एकजना पक्राउ

बैतडी: गाेली प्रहारबाट एकजनाकाे हत्या भएकाे बैतडीको दाेगडाकेदार गाउँपालिका-८कालागाउँबाट बन्दुकसहित एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कालागाउँ बस्ने ५१ वर्षीय पाल विष्ट रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयाे।

गाेप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट प्रहरी सहायक निरीक्षक दत्ते काेलीकाे नेतृत्वमा खटिएको प्रहरी टोलीले पालकाे घरबाट भरूवा बन्दुक, बन्दुकमा लाग्ने सिसाका ७ राउण्ड गोली, २ थान घोरलको छाला, २ थान रतुवाको छाला,२ थान घाेरलकाे सिङसहित विष्टलाई पक्राउ गरिएको हाे ।

बरामद गरिएकाे बन्दुक इजाजत बिनाकाे रहेकाे बताइएको छ।
पक्राउ परेका विष्ट ईलाका प्रहरी कार्यालयकाे नियन्त्रणमा रहेका र आवश्यक कार्वाहीकाे प्रक्रिया अगाडि बढेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।

गत शनिबार मात्रै कालागाउँमा गाेली प्रहारबाट एक जनाकाे हत्या गरिएको थियाे।
स्थानीय २५ वर्षीय सुरेन्द्र विष्टलाई दाजु नाता पर्ने कर्णबहादुर विष्टले गाेली हानी हत्या गरेका थिए।

गाेली प्रहार गर्ने कर्णबहादुर बन्दुकसिहत फरार रहेका छन्।
फरार रहेका कर्णबहादुरलाई प्रहरीले पाँच दिनसम्म पनि पक्राउ गर्न सकेकाे छैन् ।
कर्णबहादुरकाे खाेजीका लागि व्यापक रूपमा प्रहरी परिचालन गरिएको छिट्टै नै समातिने विश्वास रहेकाे प्रवक्ता बडूले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!