बैतडी: नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको अध्यक्षमा प्रमानन्द भट्ट निर्विरोध निर्वाचित भएका छन्।
शुक्रबार दाेगडाकेदार-३ श्रीकाेटमा सम्पन्न संगठनकाे
१८ औं जिल्ला अधिवेशनबाट भट्ट निर्विरोध निर्वाचित हुनुभएको हाे ।
२५ सदस्यीय कमिटिको अध्यक्षमा भट्टसंगै उपाध्यक्षमा प्रकाश राम लुहार, महिला उपाध्यक्षमा हिरा भट्ट, सचिवमा वीर बहादुर चन्द,कोषाध्यक्षमा पदम सिंह धानुक, रेखा कुँवर, सहसचिवमा ममता विष्टलगायत अन्य सदस्यहरु रहनुभएकाे छ।
यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अधिवेशनकाे उद्घाटन गर्नुभएको थियाे।
