प्रधानमन्त्री कप क्रिकेटमा बैतडीको शानदार सुरूआत

बैतडी: बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटमा बैतडीले शानदार सुरूआत गरेकाे छ।

सुखद सुरूआत गर्ने क्रममा बैतडीले डडेल्धुरामाथि ८८ रनकाे शानदार जित निकाल्याे।

बैतडीले दिएकाे २५६ रनकाे लक्ष्य पछ्याउने क्रममा डडेल्धुरा ३४.३ ओभरमा १६७ रनमा अलआउट भयाे।

जसमा अर्जुन विकले अर्धशतकीय पारी खेल्दै ५३ रनकाे याेगदान गरेपनि टाेलीलाई जिताउन सकेनन् ।

बलिङतर्फ बैतडीका कप्तान वसन्त खत्रीले ४ र सचिन भट्टले ३ विकेट लिए।

त्यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेकाे बैतडी ३९.४ ओभरमा २५५ रनमा समेटियो ।
बैतडीका लागि सुनिल चन्दले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक हिर्काए।
म्यान अफ द म्याच समेत भएका सुनिलले ९३ रन हिर्काएका स्काेरर गजेन्द्र चन्दले जानकारी दिनुभयाे ।

डडेल्धुराका अर्जुन विकले ३,कैलाश ऐर र निरज ऐरले २/२ विकेट झारे।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजना तथा बैतडी जिल्ला क्रिकेट संघकाे सहआयाेजनामा फागुन ११ देखि सुरू प्रतियोगिता फागुन २१ गते सम्पन्न हुनेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!