महाशिवरात्रीमा कृषि प्रदर्शनी मेला,कृषकलाई पुरस्कार

बैतडी: महाशिवरात्रीकाे अवसर पारेर  बैतडीको दुइ ठाउँमा कृषि प्रदर्शनी मेला लाग्ने भएको छ । डिलासैनी गाउँपालिकाको हरिनगरमा यही फागुन १४ गतेदेखि तीन दिनसम्म कृषि प्रदर्शनी मेलाको तयारी भएको हाे

फागुन १६ गतेसम्म चल्ने कृषि प्रदर्शनी मेलामा गाउँपालिकाभित्रका किशानहरुले आफ्नो बारीमा उत्पादित कृषि उपज ल्याएर बिक्रि गर्न सक्नेछन् ।

यस्तै जिल्लाको पाटन नगरपालिका ६ इतिहासिक पुरातात्विक धार्मिक स्थल स्वर्गिनी पिपलधाममा फागुन १४ गते एकदिने कृषि प्रदर्शनी मेला लाग्ने आयोजक पाटन भ्याली क्रिकेट क्लबका सचिव शन्तोष जोशीले बताउनुभयाे।

किसानहरुले ल्याउने उपजलाई बजारीकरणको लागि स्टल नि:शुल्क रहेको र राम्रो कृषि उपज उत्पदान गरेका किसानहरुलाई पुरस्कारको व्यवस्था रहेको डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिनुभयाे।

गाउँपालिकाको विकास निर्माणमा टेवा पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको सो मेलामा स्थानीयस्तरमा उत्पादित विभिन्न कृषिजन्य सामग्रीहरूको प्रदर्शनी गरिनेछ ।

कृषि मेलामा स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्नुका साथै नवप्रवर्तन र सीप आदान–प्रदानलाई प्रोत्साहित गरिने आयोजकले जनाएको छ । सहभागी कृषकहरूले आफ्नो उत्पादन प्रदर्शन गर्नका लागि कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

कृषि मेलामा खाद्यान्न बाली, दलहन तथा नगदे बाली, फलफूल बाली, तरकारी बाली, आलु बाली, मसला बाली, तेलहन बाली,लहरे बाली र च्याउँ लगायतका कृषिजन्य सामग्रीहरूको प्रदर्शन गरिनेछ ।

यस्तै प्रदर्शनीमा भएका कृषि जन्य वस्तुहरुको प्रत्येक बाली समुहमा प्रथम,द्वितीय,तृतीय र सान्त्वनालाई क्रमशः २ हजार,१५ सय,एक हजार,र पाँच सय पुरस्कार प्रदान गरिने डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!