बैतडी: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटको सुदूरपश्चिम छनाैटमा बैतडी फाइनलमा प्रवेश गरेकाे छ।
आज सम्पन्न खेलमा कैलालीलाई ३१ रनले हराउदै बैतडी उपाधिनजिक पुगेको हाे ।
जितका लागि पाएकाे ८५ रनकाे लक्ष्य पछ्याएकाे कैलाली १३ ओभरमा ५३ रनमा अलआउट भयाे ।
जसमा हिसिला खड्काले ११ रन बनाउनुबाहेक अन्यले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।
कैलालीको पारी ध्वस्त पार्ने क्रममा बैतडीका लागि कप्तान रितु कनाैजिया,जानकी थापा,आरती बाेहराले २/२ र बसन्ती बाेहराले १ विकेट हात पारिन्।
यसअघि धनगढीस्थित कैलालीगाउँकाे खेलमैदानमा पहिला ब्याटिङ गरेकाे बैतडी १४.४ ओभरमा ८४ रनमा समेटियो ।
जसमा कप्तान रितु कनाैजियाले सर्वाधिक ३७ र करिश्मा थापाले १३ रनकाे याेगदान गरिन्।
कैलालीका खुसी पाैडेलले ३ र कप्तान स्नेहा महराले २ विकेट झारे।
उपाधिका लागि अब बैतडीले कञ्चनपुरसंग प्रतिस्पर्धा गर्नेछ।
प्रदेशस्तरीय छनाैटबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छानिनेछन्।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको छ।
