दशौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा बैतडी विजयी

बैतडी:
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटको सुदूरपश्चिम छनाैटमा बैतडीले विजयी सुरूवात गरेकाे छ।

सुखद सुरूवात गर्ने क्रममा बैतडीले बझाङलाई ७७ रनले हरायो ।
जितका लागि पाएकाे ११७ रनकाे लक्ष्य पछ्याएकाे बझाङ ११.४ ओभरमा ३९ रनमा समेटियाे। उसका कुनै पनि ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

बझाङकाे पारी ध्वस्त पार्ने क्रममा बैतडीका करिश्मा थापाले ४, निर्मला रावलले ह्याट्रिकसहित ३,आरती बाेहराले १ विकेट हात पारिन्। निर्मला प्रतियोगितामा ह्याट्रिक विकेट लिने पहिलाे बलर बनिन्।
यसअघि धनगढीस्थित कैलालीगाउँकाे खेलमैदानमा पहिला ब्याटिङ गरेकाे बैतडीले निर्धारित १२ ओभरमा ३ विकेटको क्षतिमा ११६ रन बनायाे ।

जसमा कप्तान रितु कनाैजियाले अर्धशतकीय पारी खेल्दै अविजित ५७, ममता चन्दले २१ र करिश्मा थापाले १२ रन जाेडिन्। रितु प्रतियोगितामा अर्धशतक हिर्काउने पहिलाे खेलाडी बनिन् ।

बझाङकि तिलहरी जप्रेलले १ विकेट झारिन्।

प्रदेशस्तरीय छनाैटबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छानिनेछन्।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको छ।

oplus_0

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!