फाप्ला: कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटकाे फाइनल खेल आज हुँदैछ ।
फाप्ला क्रिकेट मैदानमा दिउँसो १ बजे हुने फाइनल खेलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र सिवाइसी अत्तरिया भिड्नेछन् ।
न्यू हाेराइजन बुटवललाई हराएर डडेल्धुरा फाइनलमा पुगेकाे हाे भने डिसिए धनगढीलाई पराजित गर्दै अत्तरिया अन्तिम दुईमा सुरक्षित भएको हाे।
फाइनल खेल राेमाञ्चक हुने अनुमान गरिएको छ।
डडेल्धुरामा कुशल भुर्तेल,सन्दीप जाेरा,विनाेद भण्डारीलगायतका स्टार खेलाडी रहेका छन्।
अत्तरियामा भीम सार्की,विवेक यादव,साहव आलम जस्ता नामी खेलाडी आवद्ध छन्।
नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन्।
धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ।
उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन।
