जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरू,मन्त्री भट्टद्वारा उद्घाटन

बैतडी:बैतडीमा आजदेखि १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ। ।
निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा सुरू भएको प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशका उद्योग,वन तथा वातावरणमन्त्री शिवराज भट्टले उद्घाटन गर्नुभयाे।

जिल्ला खेलकुद समिति र दशरथचन्द नगरपालिकाकाे संयुुक्त आयाेजनामा प्रतियोगिता वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ । 
प्रतियोगितामा छात्र / छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्टका खेलहरू हुने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जाेशीले बताउनुभयो ।

जिल्लास्तरीय रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेस्तरीय छनाेटका लागि जिल्लाकाे टिममा समावेश गरिने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयाे।
गत वर्ष सम्पन्न १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि पुर्चाैडी नगरपालिकाले जितेको थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!