अर्जुन ट्रफीः डडेल्धुरा समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश

फाप्ला:धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा घाेडाघाेडी ११ सुखडले फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई १ विकेटले पराजित गरेकाे छ ।

समूह ए काे लिग चरणको अन्तिम खेलमा सुखडसंग पराजित भएपनि डडेल्धुरा अंकतालिकाकाे शिर्षस्थानमा रहदै सेमिफाइनलमा प्रवेश गर्याे।

तीन खेल खेलेकाे डडेल्धुराकाे दुई जितका साथ ४ अंक छ। समान तीन खेलबाट ४ अंक नै रहेकाे डिसिए धनगढी नेटरनरेटकाे आधारमा पछि रहदै उपविजेताकाे रूपमा अन्तिम चारमा सुरक्षित छ ।
प्रतियोगिताबाट बाहिरिसकेकाे सुखडले आज सान्त्वना जित निकाल्याे ।

डडेल्धुराले जितका लागि दिएकाे १२५ रनकाे लक्ष्य सुखडले १९.४ ओभरमा ९ विकेटको क्षतिमा भेट्टायाे । जसमा आयुव चन्दले ३३,याेगेश भाटले २०,कप्तान शेर मल्ल र टेक रावतले २०/२० रनकाे याेगदान गरे।
डडेल्धुराका हेमन्त धामीले ३,अभिषेश गाैतमले २, कुशल भुर्तेल,गजेन्द्र बाेहरा र कैलाश ऐरले १/१ विकेट झारे ।

यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेकाे डडेल्धुराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२४ रन बनायाे । उसका विनाेद भण्डारीले अर्धशतकीय पारी खेल्दै ५६ रन जाेडे। यस्तै कुशल भुर्तेलले १३,आयुशमान बमले ११ र गजेन्द्र बाेहराले १० रन हिर्काए।
सुखडका लागि म्यान अफ द म्याच समेत भएका नरेन साउदले ४ विकेट चट्काए।

नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।

गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!