फाप्ला: धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा दशरथचन्द एकेडेमी बैतडीले सान्त्वना जित निकालेकाे छ।
सान्त्वना जित निकाल्ने क्रममा बैतडीले क्रिकेट एक्सलेन्स सेन्टर काठमाडौंलाई १६ रनले हरायाे ।
जितका लागि पाएकाे १६१ रनकाे लक्ष्य पछ्याएको काठमाडौं १९.४ ओभरमा १४४ रनमा अलआउट भयाे।
जसमा राज शाहले अविजित ३७,दिपेन्द्र रावतले ३२,सुभ कंसाकारले २६ रन बनाएपनि टाेलीलाई जिताउन सकेनन्।
बलिङतर्फ बैतडीका सलाउद्दिन खानले ५,दिवान पुनले ३ विकेट लिए।
यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेकाे बैतडीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनायाे । उसका दिवान पुनले ४३,वसन्त खत्रीले ३२, अमरसिंह राैटेलाले २९ रनकाे याेगदान गरे।
काठमाडौंका सुर्य तामाङ र दिपेन्द्र रावतले २/२ विकेट झारे ।
बैतडीका दिवान पुन प्लेयर अफ द म्याच चुनिए। उनले नगद १० हजार सहित ट्रफी पाए ।
यसअघि खेलेकाे दुबै खेल हारेकाे बैतडीले पहिलाे जित दर्ता गरेकाे छ। बैतडी अंकतालिकाकाे तेस्राे स्थानमा छ। तीनखेलबाटै एक खेल मात्रै जितकाे काठमाडौं पुछारमा छ।
नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।
धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।
गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन ।
