नेपालकाे लगातार दाेस्राे हार

काठमाडौं:काठमाडौंमा जारी महिला टी–२० क्रिकोणात्मक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । पहिलो खेलमा नेदरल्याण्ड्सँग पराजित भएको नेपाल आज शनिबार दोस्रो खेलमा थाइल्याण्डसँग ४ विकेटले स्तब्ध भएको हो । थाइल्याण्डको भने यो लगातार दोस्रो जीत हो ।

नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय एक रन बनायो । नेपालका लागि कविता कुँवरले २५ रन बनाइन् । उनले ३२ बल खेल्ने क्रममा दुई चौकासमेत प्रहार गरिन् । यस्तै बिन्दुले २५ बलमा तीन चौका हानिन् । यस्तै कप्तान इन्दु बर्माले १५ रन बनाइन् । 

बलिङतर्फ थाइल्याण्डका लागि थिपचा पुत्थावोङ्गले तीन, फन्निता माया र नाट्टाया बुचाथमले दुई दुई तथा चानिदा सुत्थीरुआङ्गले एक विकेट लिइन् ।  

१०२ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर जीत दर्ता गरेको हो । 

सुरुआत राम्रो नभए पनि लो स्कोरिङ गेममा थाइल्याण्डका लागि नन्नापत कोनचारोएनकाईले ५८ बलमा ६० रनको नटआउट पारि खेल्दै टिमलाई जिताइन् । 

यसैगरी सुवानन खियाओटोले १४ रन बनाउँदा कप्तान नरुमोल चाइवाइले १३ रनको पारि खेलिन् । अरुले राम्रो प्रदर्शन गरेनन् ।

नेपालका लागि मनिषा उपाध्यायले २ विकेट लिँदा रुविना क्षेत्री र कविता जोशीले एक एक विकेट लिए । 

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!