त्रिकोणात्मक शृङ्खला सुरु: उद्घाटनमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौं : आजबाट सुरु भएको त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ।

त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १३७ रन मात्र बनाउन सक्यो।

नेपालका लागि सिता रानामगरले २८, कविता जोशीले २७ तथा पुजा महतोले २४ रन बनाए ।

नेदरल्याण्ड्सका लागि इभा लिन्च र क्यारोलिन डे लाङले २–२ विकेट लिए । आइरिस विलिङ र फ्रेडरिक ओभरडाइकले १–१ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि रोबिन रिकेले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ५९ रन बनाइन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रनको फिनिसिङ पारी खेलिन् ।

नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता राना मगर र ईश्वरी विष्टले एक–एक विकेट लिए । नेपालका लागि एलिशा कुमारी यादव र मनिषा उपाध्यायले डेब्यू गरेका थिए ।

श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्ने छन् । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!