सहिद दशरथचन्दकाे जन्मघरमा साहित्य उत्सव तथा अन्तर्राष्ट्रिय काव्य गाेष्ठी सुरू

बैतडी: सहिद दशरथचन्द जन्मघर बैतडीको दशरथचन्द नगरपालिका-५ बस्काेटमा आजदेखि दशरथचन्द साहित्य उत्सव तथा अन्तर्राष्ट्रिय काव्य गाेष्ठी सुरू भएको छ।

सहिद दिवसकाे अवसर पारेर यहाँ राष्ट्रिय संरक्षण अभियानकाे आयाेजना,दशरथचन्द नगरपालिकाकाे प्रवर्द्धन तथा सहिद दशरथचन्द स्मृति प्रतिष्ठानकाे सहकार्यमा साहित्य उत्सव तथा अन्तर्राष्ट्रिय काव्य गाेष्ठी सुरू भएकाे हाे ।

दुईदिनसम्म सञ्चालन हुने गाेष्ठीकाे आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।

सहिद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनाेदबहादुर चन्दकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा नेपाल ललितकता प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छाली,बैतडी जिल्ला अदालतका न्यायाधीश तीर्थराज भट्ट,नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा,दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जाेशी, उपप्रमुख काैशिला चन्द, राष्ट्रिय संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकलगायतको उपस्थिति रहेकाे थियाे।

यसअघि उद्घाटन अघि सुन्दरखाली सहिदगेटबाट बाजागाजा र छलिया नृत्यसहित सुरू भएकाे प्रभातफेरी सहिद दशरथचन्दकाे जन्मघर बस्काेटमा पुगेर उद्घाटन समाराेहमा समाहित भएकाे थियाे ।

उद्घाटन समाराेहमा बाेल्दै नेपाल ललितकता प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छाली साहित्य उत्सव र अन्तर्राष्ट्रिय गाेष्ठीले साहित्यका माध्यमबाट दुई देशबीचका नागरिक सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
गाेष्ठीमा नेपाल र भारतका साहित्यकारहरूकाे सहभागीता रहेको छ।

सहिद दशरथ चन्दको जन्म वि.सं. १९६० असार १७ गते बैतडीको दशरथचन्द नगरपालिका-५ बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भएको थियोे ।

तत्कालीन राणा सरकारले वि.सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएकाे थियोे ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!