बैतडी: बैतडीमा आज बिहान भएकाे जिप दुर्घटना परि गम्भीर घाइते भएका दुईजनाकाे मृत्यु भएको छ।
मृत्युु हुनेमा जिल्लाकाे सिगास गाउँपालिका १ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पावर्ती धामी रहेका छन्।
उनीहरू दुबैजनाकाे उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
शनिबार बिहान ६ बजे जिल्लाकाे सिगास गाउँपालिका १ माँडाै सु.प्र.प्र. ०१००१ च ४०२८ नम्बरको जिप दुर्घटनामा परेकाे थियाे।
साे दुर्घटनामा परेर अन्य ४ जना घाइते भएका छन्।
सिगास-१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन् ।
घाइतेहरु सबैकाे डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटना गराउने चालक जयन्त बोहरा फरार रहेका छन् ।
दुर्घटनाग्रस्त जिप सडकबाट करिब ७ सय मिटर तल खसेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
