प्रधानमन्त्री कप: आर्मीले सुदूरपश्चिमलाई हरायाे

फाप्ला : प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० राष्ट्रिय क्रिकेट प्रतियोगीताको सुपर फोरको दोस्राे खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबले घरेलु टोली सुदूरपश्चिमलाई १४ रनले पराजित गरेकाे छ ।

त्रिभुवन आर्मी क्लबले दिएको १११ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमलले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर मात्र ९६ रन बनाउन सक्यो ।

जसमा मनिसा बाेहराले १८,कविता कुँवरले १६ र कप्तान विन्दु रावलले ११ रन बनाएपनि अन्यले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

आर्मीका लागि बलिङ सुस्मिता भुषालले ३ विकेट हात पारिन्।
यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ता पाएकाे आर्मीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११० रन बनायाे ।

जसमा सम्झना खड्काले अर्धशतकीय पारी खेल्दै ७४ रनमा नटआउट रहिन्।
सम्झना प्लेयर अफ द म्याच समेत चुनिइन्।

सुदूरपश्चिमका लागि जानकी थापाले २ विकेट हात पारिन्।

Oplus_131072

आजको हारसँगै सुदूरपश्चिमलाई फाइनल पुग्न अझ कठिन भएको छ । आजै सम्पन्न सुपर फोरको पहिलो खेलमा विभागिय टोली एपिएफले बाग्मती प्रदेशलाई १० विकेटले पराजित गर्दै फाइनलको यात्रा बलियो बनाएको छ ।

माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ।
राष्ट्रिय खेलकुद परिषद्काे कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयाेजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे व्यवस्थापनमा प्रतियाेगिता सञ्चालन भइरहेको हाे ।

प्रतियोगिताकाे उपाधि जित्नेले ५ लाख, दाेस्राे हुनेले ३ लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार पुरस्कार दिइनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!