प्रधानमन्त्री कप क्रिकेट: सुपर फाेरका खेलहरू आजदेखि

फाप्ला: प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आजदेखि सुपर फाेरका खेलहरू हुँदैछन्।

धनगढीस्थित फाप्ला मैदानमा बिहान ९ बजे हुने पहिलाे खेलमा विभागीय टाेली एपीएफ र बागमती प्रदेश भिड्नेछन् । एपीएफ समूह ए काे विजेताकाे रूपमा र बागमती समूह बी काे उपविजेताकाे रूपमा सुपर फाेरमा पुगेका हुन्।

दिउँसो १ बजे हुने दाेस्राे सुपर फाेरकाे खेलमा समूह ए काे उपविजेता सुदूरपश्चिम र समूह बी काे विजेता त्रिभुवन आर्मी क्लबबीच भिडन्त हुनेछ।

माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ।
राष्ट्रिय खेलकुद परिषद्काे कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयाेजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे व्यवस्थापनमा प्रतियाेगिता सञ्चालन भइरहेको हाे ।

प्रतियोगिताकाे उपाधि जित्नेले ५ लाख, दाेस्राे हुनेले ३ लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार पुरस्कार दिइनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!