प्रधानमन्त्री कप क्रिकेट: बागमती र आर्मी सुपर फाेरमा प्रवेश,काेशी बाहिरियो

फाप्ला:बागमती प्रदेश, धनगढीमा जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुपर फाेरमा प्रवेश गरेका छन् ।

आज सम्पन्न दाेस्राे खेलमा मधेस प्रदेशलाई ७ विकेटले हराएर समूह बी काे उपविजेताकाे रूपमा बागमती सुपर ४ मा पुगेको हाे ।

जितका लागि पाएकाे ४१ रनको लक्ष्य बागमतीले ६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्याे।
जसमा यसु पाण्डेले सर्वाधिक १९ रन जाेडिन्।
बलिङमा मधेसका लागि राेजी कडारीले २ विकेट झारिन्।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ता पाएकाे मधेस १५.५ ओभरमा ४० रनमा अलआउट भयाे। मधेसका कुनै पनि ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

बागमतीका लागि प्लेयर अफ द म्याच समेत भएकी कप्तान कञ्चन श्रेष्ठले ४ विकेट हात पारिन्।

यसअघि आजै भएकाे पहिलाे खेलमा काेशी प्रदेशमाथि ९ विकेटको शानदार जित दर्ता गर्दै त्रिभुवन आर्मी क्लब समूह विजेताकाे रूपमा सुपर ४ मा पुगिसकेको छ।

समूह बी मा रहेकाे काेशी र मधेस भने प्रतियोगिताबाट बाहिरिसकेका छन्।

उता समूह ए बाट एपीएफ विजेता र सुदूरपश्चिम उपविजेता भएर सुपर ४ मा सुरक्षित भइसकेका छन्।

माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ।

प्रतियोगिताकाे उपाधि जित्नेले ५ लाख, दाेस्राे हुनेले ३ लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार पुरस्कार दिइनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!