फाप्ला: प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दाेस्राे जित दर्ता गरेकाे छ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएकाे खेलमा काेशी प्रदेशमाथि ९ विकेटको शानदार जित दर्ता गर्दै सुपर ४ नजिक पुगेकाे हाे ।
हुस्सुका कारण निर्धारित समयभन्दा ढिला खेल सुरू हुँदा ७ ओभरमा झारिएकाे थियाे ।
टस हारेर पहिला ब्याटिङ गरेकाे काेशीले ७ ओभरमा ५ विकेटको क्षतिमा ३६ रन बनायाे । जसमा स्मृति कटुवालले १४ रन बनाउनुबाहेक अन्यले दाेहाेराे अंकमा रन समेत जाेड्न सकेनन् ।
आर्मीका लागि प्लेयर अफ द म्याच समेत भएकी ममता चाैधरीले ३ र सुस्मिता भुषालले २ विकेट झारिन्।
जवाफी ब्याटिङ गरेकाे आर्मीले ३७ रनकाे विजयी लक्ष्य ६.२ ओभरमा १ विकेटको पूरा गर्याे। जसमा सम्झना खड्काले अविजित ३२ रनकाे पारी खेलिन्।
माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा ९ टाेलीकाे सहभागीता रहेकाे छ।
प्रतियोगिताकाे उपाधि जित्नेले ५ लाख, दाेस्राे हुनेले ३ लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार पुरस्कार दिइनेछ ।
