प्रधानमन्त्री कप: काेशी दाेस्राे जितका साथ शिर्षमा,मधेश पराजित

फाप्ला:काेशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा लगातार दाेस्राे जित निकालेको छ।

पहिलाे खेलमा बागमती प्रदेशलाई हराएकाे काेशीले आज दाेस्राे खेलमा मधेश प्रदेशमाथि ४७ रनको जित निकाल्याे ।

लगातार दाेस्राे जित निकालेकाे समूह बी मा रहेकाे काेशी ४ अंकका साथ तालिकाकाे शिर्ष स्थानमा पनि उक्लिएकाे छ।

धनगढीस्थित फाप्ला मैदानमा आज भएको दाेस्राे खेलमा काेशीले दिएकाे १०७ रनकाे लक्ष्य पछ्याएकाे मधेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ५९ रन मात्रै बनाउन सक्याे।

जसमा प्रतिमा शाहले सर्वाधिक १७ रन जाेडेपनि अन्य ब्याटरले दाेहाेराे अंकमा रन समेत जाेड्न सकेनन् ।

काेशीका लागि कप्तान रूविना क्षेत्रीले ३,अलिशा खडिया र ज्याेती दनुवारले २/२ विकेट हात पारिन्।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेकाे काेशीले २० ओभरमा ५ विकेटको क्षतिमा १०६ रन बनायाे ।

जसमा कप्तान रूविना क्षेत्रीले अर्धशतकीय पारी खेल्दै ५७ र टिका शाहले २१ रन बनाइन्।

बलिङमा मधेसका लागि प्रतिमा शाहले २ विकेट हात पारिन्।

काेशीकी कप्तान रूविना प्लेयर अफ द म्याच भइन्।

आजै भएकाे अर्काे खेलमा बागमतीले त्रिभुवन आर्मी क्लबलाई १४ रनले हराएको थियाे।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!