फाप्ला: प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको पहिलो खेलमा बागमती प्रदेशले जित निकालेकाे छ।
धनगढीस्थित फाप्ला मैदानमा भएकाे खेलमा बागमतीले त्रिभुवन आर्मी क्लबलाई १४ रनले हराएको हाे।
जितका लागि पाएकाे ८२ रनकाे लक्ष्य पछ्याएकाे आर्मी
१३.२ ओभरमा ६७ रनमा अलआउट भयाे। आर्मीका लागि अन्जली विश्वकर्माले १४,निग्मा तामाङले १३ र कप्तान लक्ष्मी साउदले १० रन बनाएपनि टाेलीलाई जिताउन सकेनन् ।
बागमतीका कप्तान कञ्चन श्रेष्ठ,मनिशा उपाध्याय र साेनु खड्काले २/२ विकेट हात पारे।
यसअघि बिहान खराब माैसमका कारण १५ ओभरमा छाेट्याइएकाे खेलमा २ विकेटको क्षतिमा ८१ रन बनायाे ।
उसका कप्तान कञ्चन श्रेष्ठले अविजित २४, यसु पाण्डेले २५ र यशाेदा विष्टले २० रन बनाइन्।
बलिङतर्फ आर्मीकी कप्तान लक्ष्मी साउद र ईश्वरी विष्टले १/१ विकेट झारे।
बागमतीकि कप्तान कञ्चन प्लेयर अफ द म्याच भइन्।
