काठमाडौं: मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा आज नेपाली महिला टोलीले स्कटल्याण्डविरुद्ध खेल्दैछ।
खेल युकेएम–वाईएसडी क्रिकेट ओभलमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि हुने छ ।
नेपाल आफ्नो अघिल्लो खेलमा बंगलादेशसँग ५ विकेटले हार बेहोरेकाले यो खेलमा जित निकाल्दै पुनरागमन गर्ने लक्ष्यमा छ ।
त्यस्तै, स्कटल्याण्डले पनि आफ्नो पछिल्लो खेलमा अष्ट्रेलियासँग ९ विकेटको हार बेहोरेपछि यो खेलमार्फत लय समात्ने प्रयास गर्नेछ ।
१६ टोली सहभागी यो प्रतियोगितामा टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा राउन्ड–रोबिन ढाँचामा खेल हुनेछ ।
समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । त्यसपछि प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
