फाप्ला: प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले डेब्यू खेलमा शानदार जित निकालेकाे छ।
पहिलाेपटक प्रतियोगितामा सहभागी भएकाे आर्मीले
मधेस प्रदेशलाई १० विकेटले हराउदै सुखद सुरूवात गर्याे।
मधेसले दिएको २६ रनको झिनो लक्ष्य आर्मीले २.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । आर्मीका लागि सम्झना खड्काले अविजित २२ र अञ्जली विश्वकर्माले अविजित ४ रन बनाइन् ।
यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मधेस १५.२ ओभरमा २५ रन बनाएर अलआउट भएको थियो ।
मधेसका लागि भूमि सिंहले सर्वाधिक १० रन बनाइन् । सात खेलाडी त डकआउट भए ।
आर्मीका लागि आश्मा पुलामी मगरले ३ विकेट, मनिषा चौधरी र लक्ष्मी साउदले २–२ तथा सीता शाही र ईश्वरी विष्टले १–१ विकेट लिइन् ।
आश्मा प्लेयर अफ द म्याच समेत भइन्।
