एपिएफ प्रधानमन्त्री कपकाे सुपर फाेरमा सुरक्षित

फाप्ला: विभागीय टाेली सशस्त्र प्रहरी बल(एपिएफ),प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुपर फाेरमा प्रवेश गरेको छ।

आज भएकाे खेलमा सुदूरपश्चिम प्रदेशलाई ५९ रनले पराजित गर्दै समूह ए काे विजेताकाे रूपमा सुपर फाेरमा पुगेकाे हाे । पराजित भएकाे सुदूरपश्चिम पनि समूह उपविजेताकाे रूपमा सुपर फाेरमा सुरक्षित भएकाे छ।
एपिएफकाे चार खेलबाट ७ अंक र सुदूरपश्चिमकाे ४ खेलबाट ६ अंक छ।
फाप्ला मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा २ विकेट गुमाएर १२६ रन बनाएको थियो । मौसमका कारण खेल भने १८ ओभरमा छोट्याएको थियो ।

एपीएफका लागि कप्तान इन्दू बर्माले ४५ बलमा ५८ रनको अर्धशतकीय पारि खेलिन् । यसैगरी ममता चौधरीले ४९ बलमा ३६ रनको नटआउट पारि खेलिन् ।

कविता जोशीले ९ बलमा १३ रन नटआउट बनाउँदा राजमती ऐरी २ रनमा रनआउट भइन् ।

सुदूरपश्चिमकी जानकी थापाले १ विकेट लिइन् ।

जवाफी लक्ष्य सहित मैदान उत्रिएको सुदूरपश्चिमले निर्धारित १८ ओभरमा ६ विकेट गुमाएर ६७ रन मात्रै बनायो । सुदूरका लागि कविता कुँवरले सर्वाधिक २९ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।
एपीएफका लागि इन्दू बर्मा र कविता जोशीले दुई दुई विकेट लिए । सबनम राईले १ विकेट लिइन् । 

इन्दू प्लेयर अफ द म्याच समेत चुनिइन्।

प्रतियोगिताकाे उपाधि जित्नेले ५ लाख, दाेस्राे हुनेले ३ लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार पुरस्कार दिइनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!