प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीले गण्डकीलाई हरायाे

फाप्ला: प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीले गण्डकी प्रदेशलाई हराएकाे छ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले गण्डकीलाई ६ विकेटले पराजित गर्दै पहिलाे जित दर्ता गरेकाे हो ।

गण्डकीले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

लुम्बिनीका लागि प्लेयर अफ द म्याच समेत चुनिएकी सरस्वती पुन ३१ रनमा अविजित रहिन् । रञ्जु श्रेष्ठले २० र आङ्गि पाठकले १८ रन बनाइन् ।

गण्डकीका लागि अपेक्षा बुढाथोकीले २ विकेट लिइन् ।

 यसअघि गण्डकीले पूरै २० ओभर खेलेर ४ विकेटको क्षतिमा ९७ रन बनाएको थियो । गण्डकीका लागि सलिना सेनले अविजित ३३ र रेखा तामाङले २५ रन बनाइन् ।
 लुम्बिनीका लागि मनिष रानाले २ तथा मधु डीसी र अङ्गि पाठकले १–१ विकेट लिइन् ।

३ खेलबाट पहिलाे जित दर्ता गराएकाे लुम्बिनी र चारवटै खेल हारेकाे गण्डकी प्रतियोगिताबाट बाहिरिसकेका छन्।

याे समूहबाट सुदूरपश्चिम र एपिएफ सुपर फाेरमा सुरक्षित भइसकेका छन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!