सुदूरपश्चिमकाे दाेस्राे शानदार जित,शिर्ष स्थानमा उक्लियाे

बैतडी:प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित दर्ता गरेको छ।
दाेस्राे जित दर्ता गर्ने क्रममा सुदूरपश्चिमले आज लुम्बिनी प्रदेशमाथि ७५ रनकाे जित गर्ता गर्याे ।
यसअघि पहिलाे खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराउदै विजयी सुरूआत गरेकाे थियाे ।

सुदूरपश्चिमले दिएकाे १२८ रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनी १९.१ ओभरमा ५२ रनमा समेटियो।
जसमा सरस्वती पुनले १४ र सरस्वती जिएमले १२ रन बनाइन्।

सुदूरका रेवती धामीले ३, आशिका महराले २,रितु कनाैजिया, कविता कुँवर,जानकी थापा,करिश्मा थापाले १/१ विकेट लिइन् ।

यसअघि फाप्ला मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १२७ रन बनायो। सुदूरका लागि कविता कुँवरले ३३ बलमा ८ चौका प्रहार गर्दै ५५ रनको अर्धशतकीय पारि खेलिन् ।

यसैगरी मनिसा बोहोराले २३ रन बनाउँदा रितु कनौजियाले १८ रनको नट आउट रहिन्।
लुम्बिनीका लागि सरस्वती पुनले ३ विकेट लिइन् । मधु डिसी र सम्झना मगरले एक एक विकेट लिए।

सुदूरपश्चिमकि कविता कुँवर प्लेयर अफ द म्याच चुनिइन्।

Oplus_131072

लगातार दाेस्राे जितसंगै ४ अंकका साथ सुदूरपश्चिम अंकतालिकाकाे शिर्ष स्थानमा उक्लिएकाे छ।

समान ४ अंक रहेको एपिएफ नेटरनरेटका आधारमा पछि पर्दै दाेस्राे स्थानमा छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!