प्रधानमन्त्री कप क्रिकेट खेल्ने सुदूरपश्चिमकाे टाेलीकाे बिदाई

बैतडी:प्रधानमन्त्री कप टि-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने सुदूरपश्चिम प्रदेशकाे टाेलीकाे बिदाई गरिएको छ।

बैतडीमा सम्पन्न छनाैट प्रतियोगिताबाट छानिएकाे सुदूरपश्चिमकाे टाेलीकाे आज देहिमाडाैंमा एक कार्यक्रम गरि बिदाई गरिएको प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बाेहराले जानकारी दिनुभयाे।

पुस १९ देखि २५ गतेसम्म दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सम्पन्न प्रदेशस्तरीय छनाैट प्रतियोगिताकाे उपाधि बैतडीले जितेकाे छ।
त्यसपश्चात २० जनालाई बन्द प्रशिक्षणमा बाेलाएर अन्तिम टाेली घाेषणा गरिएको छ।

प्रतियोगिताका लागि बिन्दु रावलकाे कप्तानीमा १४ सदस्यीय टाेली सार्वजनिक गरिएको हाे।

कप्तानमा बिन्दुसंगै टाेलीका अन्य सदस्यहरूमा रितु कनाैजिया, कविता कुँवर,शाेभा राेकाया , करिश्मा थापा,जानकी थापा, रविना साउँद,चेतना कुँवर,रेवती धामी,मञ्जु विष्ट,मनिषा बाेहरा,रबिना धामी, आशिका महरा र मनिषा खत्री रहेका छन्।

टिम प्रशिक्षकमा निरज चन्द,व्यवस्थापकमा पार्वती बाेहरा र फिजियाे तथा सहायक प्रशिक्षकमा दिपेन्द्र बाेहरा रहेका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयाे।

राष्ट्रिय खेलकुद परिषद्काे कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयाेजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे व्यवस्थापनमा प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा हुँदैछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!