कीर्तिपुर मैदानमा नेपालले अन्तर्राष्ट्रिय सिरिज खेल्ने

काठमाडौं: नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कीर्तिपुर मैदानमा नेदरल्यान्ड्स र थाइल्यान्डसँग त्रिकोणत्मक टी २० सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार माघ १७ गतेदेखि शृंखला हुन लागेको हो।

नेपालले माघ १७ गते नेदरल्यान्ड्ससँग खेल्दै शृंखला सुरु गर्नेछ। १८ गते थाइल्यान्डसँग खेल्दै पहिलो चरणको खेल समाप्त गर्नेछ।

त्यसपछि दुई दिनको विश्राम लिएर नेपाली टोलीले माघ २१ गते पुन: नेदरल्यान्ड्ससँग खेल्दै दोस्रो चरण सुरु गर्नेछ। त्यसको भोलिपल्टै पुन: थाइल्यान्डसँग दोस्रो खेल खेल्ने छ।

नेपालले माघ २४ गते नेदरल्यान्ड्स र २५ गते थाइल्यान्डसँग खेल्दै सिरिज अन्त्य गर्नेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!