प्रधानमन्त्री कप क्रिकेट: जानकी थापाकाे अलराउन्ड प्रदर्शनमा बैतडी च्याम्पियन

बैतडी: जानकी थापाकाे अलराउन्ड प्रदर्शनमा प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट क्रिकेट प्रतियोगिताकाे उपाधि बैतडीले जितेकाे छ।

आज सम्पन्न फाइनल खेलमा कञ्चनपुरलाई ६ विकेटले पराजित गर्दै बैतडी च्याम्पियन बन्याे।

जितका लागि पाएकाे ७२ रनकाे लक्ष्य बैतडीले १२.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्याे।

जसमा कप्तान रितु कनाैजियाले अविजित २२ र जानकी थापा १४ रनमा नटआउट रहिन्।

बलिङमा कञ्चनपुरकी मन्जु विष्टले २ विकेट हात पारिन्।

यसअघि बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेकाे कञ्चनपुरले २० ओभरमा अलआउट हुँदै ७१ रन बनायाे ।

उसका रेवती धामीले ४१ रनकाे पारी खेलेपनि अन्य ब्याटरले दाेहाेराे अंकमा समेत रन जाेड्न सकेनन् ।

बैतडीका लागि जानकी थापाले २ विकेट हात पारिन्।

जानकी ओम्यान अफ द फाइनल समेत चुनिईन्।

बैतडीकि कप्तान रितु कनाैजिया सर्वाेत्कृष्ट खेलाडी बनिन्।

यस्तै कञ्चनपुरकी कप्तान बिन्दु रावल उत्कृष्ट ब्याटर,बैतडीकी करिश्मा थापा उत्कृष्ट बलर र डडेल्धुराकि जयन्ती भण्डारी उदयीमान खेलाडी बनिन् ।

विजेता,उपविजेता खेलाडीलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद् अन्तरगत खेलाडी तयारी निर्देशक एवं ओलम्पियन दीपक विष्ट, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धिरेन्द्र सावद,सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बाेहरालगायतले पुरस्कार वितरण गर्नुभयाे।

समापन समाराेहमा बाेल्दै नेपाल क्रिकेट संघका अध्यक्ष चन्दले क्रिकेटलाई सबैकाे साझा खेल बनाउने बताउनुभयाे ।
क्रिकेटलाई व्यवशायिक बनाउने र महिला प्रिमियर लिग पनि आयाेजना गरिने उहाँले बताउनुभयाे ।

राष्ट्रिय खेलकुद परिषद् अन्तरगत खेलाडी तयारी निर्देशक एवं ओलम्पियन विष्टले क्रिकेटले नेपाललाई विश्वभरी चिनाएकाे बताउनुभयाे । यस्तै उहाँले चतुरबहादुर चन्द नेतृत्वको क्यानले क्रिकेटको विकासका लागि गरेकाे कामकाे प्रसंसा गर्नुभयाे ।
केन्द्रीय सदस्य सावदले बैतडी क्रिकेटकाे उर्वर भूमी रहेकाे बताउदै यहाँबाट थुप्रै खेलाडीले राष्ट्रिय टाेलीबाट खेलिसकेको बताउनुभयाे।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजना र बैतडी जिल्ला क्रिकेट संघको सहआयाेजना पुस १९ गतेदेखि सुरू भएकाे प्रतियोगितामा प्रदेशका ७ टाेलीकाे सहभागीता रहेकाे थियाे।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनाैट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टाेली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा हुँदैछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!